एमाले विभाजन गर्ने मनशायका साथ ल्याईएको अध्यादेशले प्रधानमन्त्री देउवामाथि आलोचनाको बर्षा शुरु भएको छ ।
एकातिर एमाले ओली पक्षले अध्यादेशको प्रतिवाद गर्ने घोषणा गरेको छ भने कानुन विददेखि काँग्रेस भित्र सम्म पनि अध्यादेशको आलोचना भएको छ ।
काँग्रेस नेता शेखर कोईराला लगायतले अध्यादेशको बिरोध गरेका छन् । संविधान र कानुन विदले पनि अध्यादेशको बिरोध गरेका छन् ।
यस अघि ओली सरकारले अध्यादेश ल्याएर जसपा विभाजित गर्न खोज्दा विरोध भएको थियो भने देउवा लगायत अन्य दलका नेताले बिरोध गरेका थिए ।
आज सोही तरीकाले अध्यादेश ल्याएको र अध्यादेशले संविधानमाथि प्रहार गर्ने भन्दै बिरोध शुरु भएको छ ।
यद्यपि, राष्ट्रपतिले सरकारले सिफारीस गरेको अध्यादेश जारी गरीसकेकी छैनन् ।
पछिल्लो अध्यादेशमा दल विभाजन गर्दा २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्था गरिएको छ ।
यसले एमालेमा माधव नेपाललाई पार्टी विभाजन गर्न सजिलो भएको छ भने जसपा भित्र महन्त ठाकुरले दल दर्ता गर्न सक्ने अवस्था रहने भएकाले उनका लागि दल विभाजन गर्न सजिलो हुनेछ ।
ठाकुर समुहले त यो अध्यादेशको स्वागत गरेको छ ।
सरकारलाई बहुमत नपुग्ने भएका कारण माधव नेपाललाई पार्टी विभाजन गराएर भए पनि नयाँ दल बनाई सरकारमा ल्याउने कसरत अनूरुप अध्यादेश ल्याईएको बताईन्छ ।