जब घनश्याम भुषाललाई ओलीले भने माधव नेपालको लागि एमालेको ढोका बन्द भईसक्यो….

जब घनश्याम भुषाललाई ओलीले भने माधव नेपालको लागि एमालेको ढोका बन्द भईसक्यो….

  • मङ्लबार, भदौ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एमाले वरिष्ठ नेता माधव कुमार नेपाल निकै प्रेसरमा छन् तर त्यसको सामना सालिन तरीकाले गरीरहेका छन् । सरकारले २० प्रतिशत संसदीय दल वा केन्द्रीय समितिमा पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले विभाजन हुने खतरा बढेको देखियो ।
त्यही बेला माधव नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरुका बीच छलफल भयो । वानेश्वरमा भएको छलफलमा एकता जोगाउन अझै प्रयास गर्नु पर्ने सुझाव पनि आयो र नयाँ विकल्पमा जानु पर्ने सुझाव पनि आयो ।
त्यही बेला एकता कार्यदलमा रहेका घनश्याम भुषालले पुरानो सहमति कार्यन्वयन गर्दै थप सहमति गर्नु पर्छ भनेपछि नेता नेपालले भुषाललाई लौ ठीक छ गएर ओली जी सँग कुरा गर्नुस् भनेर पठाए ।
तर जब भुषाल अध्यक्ष ओलीलाई भेट्न गए तब ओलीले माधव नेपालहरुका लागि एमालेको ढोका बन्द भईसक्यो भनेपछि भुषाल फर्किएको र उनले नेपाललाई सो बारे जानकारी गराएका थिए ।
यसको जानकारी माधव नेपाल स्वयंले जनवर्गीय संगठनहरुको जुम बैठकलाई संवोधनका क्रममा बताएका हुन् । यो सँगै माधव नेपालले नयाँ पार्टी निर्माणको संकेत दिए । उनले अब ओली सध्रिए पछि पनि एकता हुन सक्ने र चुनावमा तालमेल पनि हुन सक्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ