भियतनामबाट कम्युनिष्ट सेनासँग भागेको जस्तै गरी अमेरीका तालेवानसँग अफ्गानिस्तानबाट भाग्यो

भियतनामबाट कम्युनिष्ट सेनासँग भागेको जस्तै गरी अमेरीका तालेवानसँग अफ्गानिस्तानबाट भाग्यो

  • सोमवार, साउन ३२, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

भियतनाम युद्धको दृष्य
४६ वर्ष अघि एशियाली मुलुक भियतनामबाट अमेरीकी सेना दुतावासको छतमा हेलिकप्टर ल्याण्ड गराएर आफ्ना नागरिक र प्रतिनिधिहरुलाई लान बाध्य थियो । भियतनामको साईगानबाट कम्युनिष्ट समाप्त पार्न गएको अमेरीकी सेना सन् १९७५ मा आफै अपमानजनक रुपमा फिर्ता भएको थियो । त्यो बेला पनि सन् १९५५ देखि १९७५ सम्म अमेरीकी सेनाले कम्युनिष्टहरु बिरुद्ध भियतनाममा युद्ध गर्यो । करीब ५० हजार बढी अमेरीकी सेना मारिएका थिए । अमेरीकाले तात्कालिन समयमा उत्तरी भियतनाममा बनेको कम्युनिष्ट सरकारबाट सुरक्षित रहन दक्षिणी भियतनामलाई जोगाउन भन्दै तीन लाख सेना पठाएको थियो । ठूलो मानवीय क्षति र भौतिक संरचना विध्वशं गरेपछि पेरिस सम्झौता गर्दै अमेरीकी सेना आफ्नो कर्मचारी र नागरिकलाई हेलिकप्टरबाट ओसारेर फिर्ता भएको थियो । विश्वकै अत्याधुनिक हतियार र तालिम प्राप्त सेना विना जीत फिर्ता भएकोमा आलोचना भएको थियो । यो अमेरीकाको लज्जास्पद हारको रुपमा लिईने गरिएको छ । अमेरीकी आक्रमणका बीच उत्तरी भियतनामी लाल सेनाले दक्षिणी भियतनामको राजधानी साईगान कब्जा गर्यो । २९ र ३० अप्रील १९७५ मा आफ्नो सेना र नागरिक र कम्युनिष्टसँग असुरक्षित महसुस गरेका ७ हजार मानिसलाई २४ घण्टा भित्र निकालेको थियो अमेरीकाले । अप्रेसन फ्रिक्वेन्ट विंड अप्रेसन नाम दिएर यो काम गरिएको थियो । यो राष्ट्रपति रिचर्ड निक्सनले अमेरीकी सेना भियतनाबाट फर्काउन थालेको एक बर्ष भन्दा कम समयमा भएको थियो । अमेरीकी सेनाले दुतावासको छतबाट नागरिकहरु लिएर फर्किएको त्यो दृष्यलाई ठूलो अमेरीकी हारको रुपमा व्याख्या गरियो ।

काबुलको दृष्य
अफ्गानिस्तानमा कट्टर धार्मिक शासन चलाईरहेको तालेवान लाई अमेरीकाले सन् २००१ मा धावा बोल्यो । अमेरका नेतृत्वको नेटो गठबन्धनका अन्य देशका सेना पनि सामेल भए । सत्ताबाट सुरुगंमा पुगेको तालेवानले २० वर्ष यसरी लड्यो कि अहिले अमेरीकी सेना हेलिकप्टरबाट काबुल स्थित दुतावासबाट आफ्ना नागरिकको उद्धार गरेर लैजादैछ । विश्वको अत्याधुनिक हतियारले लैस सेनाले न तालेवानलाई परास्त गर्यो । बरु उल्टो फर्किएर भाग्नु पर्यो ।
अमेरीकी राष्ट्रपति बाईडेनलाई भियतनाम युद्धसँगको भगाईसँग तुलना गर्दै रिपव्लिकन सांसदहरुले आलोचना गरीरहेका छन् । अमेरीकाले खर्बौ डलर अफ्गानिस्तान युद्धमा खर्च गर्यो । तर शुन्य परिणाम लिएर उ फर्किएको छ । अहिले काबुल अन्तराष्ट्रिय विमान स्थलमा नागरिकहरुको उद्धारका लागि अमेरीकी सेना बसेको छ । बाहिर तालेवानले मार्च पास गरीरहेको छ । तालेवानले यति छिटो सत्ता कब्जा हुने कल्पनै नगरेको बताईरहेका छन् ।
अमेरीकाको यो फिर्ती र हस्तक्षेपबाट दुनियाँले पाठ सिक्नु पर्ने विभिन्न बुद्धीजीवीहरुको सार्वजनिक प्रतिकृया देख्न सकिन्छ । काबुलको ४६ वर्षपछिको दृष्य पनि त्यस्तै देखियो । जसरी अमेरीकाले आफ्ना नागरिक , कर्मचारी र असुरक्षित महसुस गरेका अफ्गानी र विदेशी नागरिकलाई दुतावासको छतबाट र विमानस्थलबाट उडाएर लैजाँदैछ । बाईडेनले अमेरीकी सेना फिर्ता गर्ने घोषणा गरेको डेढ महिनामा तालेवान काबुलको सत्तामा पुगेको छ । अफ्गानिस्तानमा २३ सय बढी अमेरीी सेना मारिए । खर्बौ डलर खर्च गरियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी