देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिनासम्म विस्तार भएन मन्त्रीपरिषद्

देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिनासम्म विस्तार भएन मन्त्रीपरिषद्

  • शुक्रबार, साउन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, २९ साउन । शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको आज एक महिना पुरा भएको छ । तर अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले एक महिनामा मन्त्रीपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन ।

अहिले कांग्रेसका २ र माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्री छन् । बाकीँ १७ मन्त्रालय देउवासँग नै रहेको छ ।
सत्ता गठबन्धनको सहयात्री समूह एमालेको माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको दाबी गरिएको छ ।

तर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले पनि उनीहरुले नाम दिन सकेका छैनन् ।

अर्कोतर्फ निर्धारित मितिमा पार्टीको १४औं महाधिवेशन नहुने भएपछि पार्टीभित्रै अप्ठेरोमा पर्नुभएका प्रधानमन्त्री देउवा महाधिवेशनको नयाँ मिति टुंग्याएर मात्रै मन्त्री थप्ने रणनीतिमा हुनुहन्छ ।

यस्तै सत्ता गठबन्धनका घटकहरुले उपप्रधानमन्त्री दाबी गर्दा पनि प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ