विद्यार्थी नेता गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित

विद्यार्थी नेता गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित

  • बिहिबार, साउन २८, २०७८
  • -डम्मर दत्त भट्ट

  • 4.6K
    SHARES

कञ्चनपुर, २८ । कञ्चनपुरका विद्यार्थी नेता कैलाशचन्द्र गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित भएका छन ।
सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय अन्र्तरगतको सुदूरपश्चिम खेलकुद परिषद्ले विद्यार्थी नेता गिरीलाई खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित गरेको हो । सुदूरपश्चिम खेलकुद परिषद्ले चार बर्षका लागि गिरीलाई खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरको उपाध्यक्ष समेत रहेका विद्यार्थी नेता गिरीले विगत एक दशकदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । विद्यार्थी राजनीतिसंगै स्नाकोत्तर गरेका विद्यार्थी नेता गिरीले कञ्चनपुरको शैक्षिक विकास एव विद्यार्थीको हक हितका लागि संघर्ष गरेर चर्चा कमाएका थिए । उनले जसरी विद्यार्थीको हकहितका लागि गरेको स्मरण गर्दै त्यसरी नै खेलकुद संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । उपाध्यक्षमा जसरी सुदूरपश्चिम खेलकुद विकास परिष्दले आफुलाई विश्वास गरेर पदाधिकारी नियुक्ती गरेको भन्दै विश्वास र अभिभारा पुरान गर्ने उद्घोष गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ