लुम्विनी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

लुम्विनी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

  • बिहिबार, साउन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराएका हुन्। त्यस्तै मन्त्रीहरूलाई मुख्यमन्त्री केसीले सपथ खुवाएका हुन्।

यसअघि आज दिउँसो प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । यसैगरी नवलपरासीबाट सुर्य चिन्हमा चुनाव जीतेका अजय शाहीले समेत विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । शाहीलाई नेकपा एमालेले पार्टीको नीति विपरित गएको भन्दै कारबाही गर्ने जनाएको छ ।

एमालेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि केसीलाई मुख्यमन्त्री बनाउन माग गर्दै बिपक्षी गठबन्धनले आज हस्ताक्षर बुझाएका थिए ।

गठबन्धनको सम्झौता अनुसार केसी आठ महिना मुख्यमन्त्री रहनेछन् । त्यसपछि काँग्रेसका तर्फबाट नयाँ मुख्यमन्त्री बन्नेछन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ