२८ साउन, बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि केसीलाई मुख्य मन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले हस्ताक्षर बुझाएका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गठबन्धनका ४२ सांसदले उनको पक्षमा हस्ताक्षर गरेका थिए ।
नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।
उनी ८ महिना सम्म मुख्यमन्त्री रहनेछन् । त्यसपछि काँग्रेसले मुख्यमन्त्री पाउने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline