काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन सार्ने विषयमा छलफल हुने

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन सार्ने विषयमा छलफल हुने

  • बिहिबार, साउन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनसनमा रहेकाले बैठक बुढानीलकण्ठ बस्न लागेको हो ।

बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ । कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा पार्टीको १४ औ महाधिवेशन अनिश्चित बनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशन भएपनि तोकिएकै मितिमा गर्न माग गरेको छ भने सभापति शेरबहादुर देउवा महाधिवेशन सारेर मंसिरमा गर्ने पक्षमा हुनुहुन्छ ।

कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सक्नेगरि अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ