लुुम्विनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आव्हान्

लुुम्विनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आव्हान्

  • बुधबार, साउन २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। भोली दिउसो तीन बजे सम्मको समय दिएर आव्हान गरेका हुन् ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई साउन २८ गते ३ बजेसम्म दाबी पेश गर्न आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए । उनी बिरुद्ध काँग्रेस, माओवादी, जसपा र जनमोर्चाले दर्ता गरेको अविस्वास प्रस्ताव पेश हुनु अघि नै उनले राजीनामा दिएका हुन् ।
विपक्षी गठबन्धनले माओवादीका कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गर्दै अविस्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ