विधान पारित भएपछि ओली पार्टीमा झन शक्तिशालीः माधव नेपालसँगको एकता थप कमजोर

विधान पारित भएपछि ओली पार्टीमा झन शक्तिशालीः माधव नेपालसँगको एकता थप कमजोर

  • मङ्लबार, साउन २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एमालेले हिजो आफ्नो बिधान संसोधन गर्यो । जनवादी केन्द्रीयता मान्ने कम्युनिष्ट पार्टीहरुले सामुहिक छलफलबाट अनुमोदन हुने दस्तावेज, योजना र कार्यक्रमहरुलाई लागू गर्ने गर्दछन् । तर नयाँ विधान अनुसार एमालेले अब नेतृत्व चयनमा प्यानल बनाउने छैन । सोझै अध्यक्षको निर्वाचन हुने छ । तीनै अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिले पदाधीकारीहरु मनोनयन गर्नेछ ।
यसले अध्यक्ष केपी ओलीलाई थप शक्तिशाली बनाउने अभ्यासको रुपमा माधव पक्षका नेताहरुले बुझेका छन् । यो विधान अनुमोदन पछि माधव नेपाललाई दोस्रो अध्यक्ष दिने वा हस्ताक्षरको अधिकार सहितको अध्यक्ष दिने कुरा विधानतः र ओली खेमाको निष्कर्ष अनुसार पनि दिन कठिन देखिन्छ ।
त्यो अवस्था नआए एकतामा नजाने माधव नेपालको अडानले एमालेको एकता थप कमजोर बनेको देखिएको छ ।
बैठकमै पनि अध्यक्ष ओलीले माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त पारेको र देउवासँग मिलेर पार्टीको सरकार ढालेको भन्दै कटाक्ष गरेका थिए ।
यो निर्णयपछि एमाले कार्यदलमा रहेका माधव पक्षीय नेताहरु समेत निराश बनेको बताईएको छ ।
कार्यदलमा नरहेपनि ओली बिरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी नेतृ राम कुमारी झाँक्रीले सामाजिक सञ्जालमा ओलीले यस्तो पार्टी बनाउनु अनौठो नभएको भन्दै ओलीका लागि दुई थरी मान्छे ः एउटा शत्रुहरु र अर्को चाकरहरु हुने भन्दै टिप्पणी गरेकी छन् ।
यो विधान अनुमोदनपछि अब शीर्ष नेताको तहमा छलफल हुने तत्कालको संभावना समेत टरेको एक नेताको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ