गोरखामा ११ वर्षे छोरीमाथि बाउ र काकाले गरे पटक पटक बलात्कार !

गोरखामा ११ वर्षे छोरीमाथि बाउ र काकाले गरे पटक पटक बलात्कार !

  • सोमवार, साउन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पछिल्लो समय देशभर सामाजिक अपराध बढ्दो छ ।
गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ।
पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार भएको खबरपछि प्रहरीले दाजुभाईलाई नियन्त्रणमा लिएको हो ।
बालिकाले आफूलाई बाउ र काकाले डेढ वर्षदेखि पटक पटक बलात्कार गरेको खुलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
बालिकाकी आमाले यस अघि श्रीमान् र छोरी छाडेर हिँडेकी थिईन् । त्यसपछि उनी बाउको संरक्षणमा रहँदै आएकी थिईन् ।
बालिकाले फुपुलाई खबर गरेर स्वास्थ्य समस्या राखेपछि उपचार गर्ने क्रममा थापाथली स्थित प्रसुतीगृहमा उपचारको क्रममा मेडिकल रिपोर्टमा उनीमाथि बलात्कार भएको प्रमाणित भएको थियो । सो कुरा खुले लगत्तै प्रहरीलाई खबर गर्नासाथ शुक्रबार दुबै जनालाई प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी