नेकपा एमाले केन्द्रीय समितिको बैठक आज बस्दैछ । अपरान्ह तीन बजे बस्ने बैठकले विभिन्न प्रतिवेदनहरु अनुमोदन गर्ने जनाईएको छ ।
केन्द्रीय समितिको बैठक अघि सो पार्टीको स्थायी समितिको बैठक बस्दैछ ।
माधव नेपाल समुहसँग एकताको प्रयास गर्ने भन्दै हिजो बोलाईएको बैठक एक दिन पर सारिएको हो ।
एकताको प्रयास भए पनि दुबै पक्षले आ आफ्नो गतिविधि जारी राखेका कारण अझै पनि एकता हुने निश्चित बनेको छैन ।
माधव नेपाल समुहले एक पक्षीय बैठक रोक्न र स्थानीय अधिवेशन एवं सदस्यता नवीकरण र वितरण कार्य स्थगित गर्न माग गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline