कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

  • सोमवार, साउन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला केहीबेरमा सुरु हुँदैछ । भेला काठमाडौंको ठमेलमा बस्न लागेको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो ।

भेलाले संस्थापनइतरबाट एउटै उम्मेदवार हुनुपर्ने, अधिवेशनको सुनिश्चितता गर्नुपर्ने, क्रियाशील सदस्यहरुको विवरण तुरुन्त सार्वजनिक गरेर जिल्ला पठाउनुपर्ने, क्रियाशीलमा धाँधली भएको भए सच्याउन समय दिनुपर्ने जस्ता विषयमा छलफल गरि दबाब दिने उद्देश्यले भेला डाकिएको सभापति लामाले जानकारी दिनुभयो ।
‘१४ औं महाधिवेशन समयमै गर्नका लागि दबाब दिने भेलाको मुख्य उद्देश्य रहेको लामाले बताउनुभयो ।

महाधिवेशन आउन तीन हप्ता अघि राखिएको सभापतिहरुको भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ । भेलामा महाधिवेशन नहुँदा पार्टीलाई आउने संवैधानिक संकट र त्यसलाई कसरी व्यवस्थापन गर्ने विषमा पनि छलफल हुने बताइएको छ ।

आज जिल्ला सभापतिहरुको भेलापछि भोलि ९२६० गते संस्थापनइतरका शीर्ष नेतालाई भेट्ने कार्यक्रम जिल्ला सभापतिहरुको छ । ‘सबै नेतालाई एकै ठाउँमा राखेर एकमात्र उम्मेदवार हुन हामी दबाब दिन्छौं’ लामाले भन्नुभयो, ‘त्यसपछि संस्थापन पक्षलाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिनेछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ