कोभिशिल्डको दोस्रो मात्रा नपाएका जेष्ठ नागरिकलाई आजदेखि अष्ट्राजेनेका खोप दिइदै

कोभिशिल्डको दोस्रो मात्रा नपाएका जेष्ठ नागरिकलाई आजदेखि अष्ट्राजेनेका खोप दिइदै

  • सोमवार, साउन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

साउन २४, काठमाडौं । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका देशभरका जेष्ठ नागरिकलाई आजबाट कोरोना विरुद्धको अस्ट्राजेनेका खोप दिइदैछ ।

६५ वर्षभन्दा माथिका नागरिकलाई अष्ट्राजेनेका खोप दिन लागिएको हो । यो अभियानबाट झण्डै १४ लाख जेष्ठ नागरिक लाभान्वित हुनेछन् । भारतबाट ल्याईएको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकहरु झण्डै ५ महिनादेखि दोस्रो मात्राको प्रतिक्षामा रहेका छन् । सरकारले कोभिशिल्डको थप मात्रा ल्याउन नसकेपछि अष्ट्राजेनेका खोप दिन लागेको हो ।

बेलायती कम्पनी अष्ट्राजेनेकाकै भारतमा गरिएको उत्पादन कोभिशिल्ड हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

यो खोप भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधा मार्फत अनुदान स्वरुप प्राप्त भएको हो । दोस्रो मात्राको प्रतिक्षामा रहेका व्यक्तिहरूलाई अस्ट्राजेनेका खोप दिएपछि बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति तथा गम्भिर प्रकृतिका विरामीहरुलाई दिइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ