एमाले नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले व्यक्तिको नाममा जमिन राखेर ठूलो समस्या आउने भन्दै अब जमिन सबै राज्यको हुनु पर्ने बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै गौतमले भूमि टुक्राउने काम बन्द गर्न अपील गरे ।
अहिले जम्मा २६ लाख हेक्टर कृषियोग्य जमिन छ त्यो पनि ४ करोड कित्ता छ , अब जमिन राज्यको स्वामित्वमा नराखे भविष्यमा ठूलो समस्या आउने गौतमले चेतावनी दिए ।
अहिलेसम्म ११ पटकभन्दा धेरै आयोग गठन भइसकेको छ। विघटित भएको भूमि आयोग पनि पहिले एउटा नाम थियो। सर्वोच्चमा मुद्दा परेकाले अर्को नाम बनाइएको हो तर काम उही हो। यसको अनुसन्धानमा १६ लाख भूमिहीन सुकुम्बासीले निवेदन दिएका छन्। आयोगले ५ कठ्ठा दिने भनेको छ। तर यो व्यवहारिक हुँदैन। गौतमले भने ।
अहिले निवेदन दिएका सुकुम्वासीलाई मात्रै भूमि बाँड्न पनि चार लाख हेक्टर जमिन चाहिन्छ , त्यही निकाल्न सकिदैन गौतमले भने ।
अब निजी सम्पत्ति राज्यले लिने प्रकृया अघि बढाउनु पर्ने पनि उनले बताए ।
ु