काठमाडौं । कोरोना महामारीको कारण लगातार अनलाइन कक्षामा बस्दा बालबालिकाहरुको आँखा कमजोर बनेको एक अध्ययनले देखाएको छ ।
बेलायतबाट प्रकाशित एक जर्नलले हालै प्रकाशन गरेको शोधका अनुसार अनलाइन कक्षाको लागि बालबालिका विद्युतीय उपकरणहरुमा घण्टौं बस्नुपर्ने भएकाले उनीहरुको आँखामा असर परेको छ । यसले दृष्टि क्षमतामा कमी आउन थालेको सो अध्ययनले देखाएको छ ।
हङकङमा ६ बर्षदेखि १२ बर्ष उमेर समुहका बालबालिकामा गरिएको अध्ययनमा १९ प्रतिशत बालबालिकाको हेर्ने शक्ति घटेको छ ।
साथै बैज्ञानिकहरुले आगामी तीन दशकमा यो संख्या सात गुणाले बढ्ने अनुमान गरेका छन् । कोरोनाका कारण दिनभर घर बस्न बाध्य बालबालिका पछिल्लो समय टीभी र स्मार्ट फोनमा ब्यस्त हुन थालेकाले नजिकको भन्दा टाढाको देख्ने शक्ति कमजोर भएको प्रतिबेदनमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline