टोकियो ओलम्पिक आज सकिदै, चीन पदक तालिकाको शीर्ष स्थानमा

टोकियो ओलम्पिक आज सकिदै, चीन पदक तालिकाको शीर्ष स्थानमा

  • आइतवार, साउन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० आज सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आज विभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त हुँदैछ ।

कोरोना महामारीले प्रभावित यस पटकको ओलम्पिक खेल १४ दिनसम्म संचालन गरिएको हो । ओलम्पिकमा अहिलेसम्म ३८ स्वर्ण पदकसहित चीनको अग्रता कायमै छ ।

चीनलाई पछ्याइरहेको अमेरिकाले ३६ स्वर्ण जितेको छ । २७ स्वर्ण पदक जितेको आयोजक जापान तेस्रो स्थानमा आएको छ ।

चौथो स्थानको रुसी ओलम्पिक कमिटि र पाचौ स्थानको बेलायतको समान २०–२० वटा स्वर्ण पदक भएको छ । अहिलेसम्म ६५ देशले स्वर्ण पदक जित्दा ९३ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

यसैबिच ओलम्पिकको परुष फुटबलको उपाधि ब्राजिलले जितेको छ । फाईनल खेलमा स्पेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै ब्राजिलले उपाधि रक्षा गरेको हो ।

खेलको ४५ औं मिनेटमा ब्राजिलका म्याथुस कुन्हाले गोल गर्दै टोलीलाई अग्रता दिए । ६५ औं मिनेटमा स्पेनका मिकेल ओयरजबालले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा माल्कोमले निर्णायक गोल गर्दै ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक जिताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ