बेलायतमा कोरोना भाईरस बिरुद्धको पूर्ण खोप लगाएका संयौ नागरिकहरु डेल्टा भेरिएन्टको संक्रमणका कारण अस्पतालमा भर्ना भएको अधिकारीहरुले जनाएका छन् । पब्लिक हेल्थ ईग्ल्याण्डले भ्याक्सिन लगाउने वित्तिकै कोरोनाको सबै खतराबाट सुरक्षित हुने सुनिश्चित नरहेको र भ्याक्सिन लगाएकाबाट पनि संक्रमण अरुमा सर्न सक्ने वा अरुबाट भ्याक्सिन लगाएकामा पनि सर्न सक्ने संभावना देखिएको औल्याएको छ ।
जुलाई १९ देखि अगष्ट २ सम्ममा ५५ प्रतिशत बढी भ्याक्सिन नलगाएका र ३४ प्रतिशत बढी दुबै डोज खोप लगाएका संक्रमितहरु अस्पतालमा भर्ना भएको जनाईएको छ । १४ सय बढी मानिसमा थालिएको अध्ययनबाट यो खुलेको हो ।
जुलाई १९ मा स्वतन्त्रता दिवसको रुपमा बेलायतमा भीडभाड बढेको थियो । पब्लिक हेल्थले खोप मात्रै सुरक्षा सुनिश्चित गर्ने माध्यम नभएकाले स्वास्थ्य मापदण्डको पालना जरुरी रहेको सुझाएको छ ।
बेलायतमा लगाईएका सबै खोप अष्ट्राजेनिका, मोडर्ना र फाईजरको रहेका छन् ।