बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि लागेको आगो अझै नियन्त्रण बाहिर

बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि लागेको आगो अझै नियन्त्रण बाहिर

  • शनिबार, साउन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

२३ साउन, काठमाडौं । काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र परिचालित छन् ।

मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागी नियन्त्रणमा लिन नसकिएकाले क्षतिको विवरण संकलन गर्नसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ