सन् २०२२ मा हुने एशिया फुटवलको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आसन्न साफ् च्याम्पियनसिप र एशियाकप छनौटको अन्तिम चरणको तयारी स्वरुप नेपालले खेल्न लागेको हो ।
एन्फाले शुक्रबार नेपाली टोलीले दुई खेल खेल्ने सार्वजनिक गरेको हो । खेल आगामी भदौ १७ र २० गते गर्ने एन्फाले जनाएको छ। खेल काठमाडौंस्थित दशरथ रगंशालामा हुनेछ। दुवै टोली साफ च्याम्पियनसिपको तयारीमा छन्।
आगामी साता बस्ने साफको बैठकले नेपाल र मालदिभ्स मध्य एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिनेछ।
भारत आफ्नो समूहमा तेस्रो तथा नेपाल चौथो हुँदै अर्को चरण पुगेका हुन्। एशियन कपको छनोट चरणका खेल सन् २०२२ को फेब्रुअरीमा सुरु हुनेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline