नेकपा एमाले भित्र विवाद मिलाएर पार्टी एकता गर्ने प्रयास स्वरुप सदस्यता नवीकरण र स्थानीय अधिवेशनहरु तत्काल रोक्न माधव समुहले माग गरेको छ । सो समुहको केन्द्रीय समितिको आजको बैठकले त्यस्ता गतिविधिले पार्टी एकतामा भाँजो हाल्ने भन्दै तत्काल रोक्न ध्यानाकर्षण गराएको छ ।
यसै गरी बैठकले सर्वोच्च अदालतले संसद पुनःस्थापनाका लागि गरेको फैसलाको स्वागत गर्दै पार्टी एकताका लागि भएको १० बुँदे प्रस्ताव र वार्ता चलिरहेका बेला वरिष्ठ नेताहरूमाथि लगाइएका टिप्पणी र लान्छना लगाउने काम अमर्यादित भएको भन्दै बैठकले दुःख व्यक्त गरेको छ ।
बैठकले १० बुदे आधारमा टेकेर पार्टी एकतालाई अघि बढाउन थप निर्णय गर्ने जिम्मेवारी स्थायी समितिलाई दिने पनि निर्णय भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline