भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल काठमाडौं आइपुग्यो

भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल काठमाडौं आइपुग्यो

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, २२ साउन । भुटानले नेपाललाई उपलब्ध गराएको कोराना भाइरसविरुद्धको तीन लाख डोज एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान बिहान सवा ९ मा आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

भुटानले पठाएको उक्त तीन लाख डोज एस्ट्राजेनेका खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने सरकराले जनाएको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिक चार महिनादेखि दोस्रो डोज खोपको प्रतीक्षामा रहेका छन् । यसैगरी, एस्ट्राजेनेकाको खोप शनिबार जापानबाट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आफ्ना देशका सबै नागरिकलाई लगाइसकेपछि बढी भएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । उक्त खोप अनुदान हो कि पैंचो भन्नेचाहिँ प्रष्ट भइसकेको छैन ।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकले अनुदानमा दिएको गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ