कार्यदलले बुझायो न्युनतम साझा कार्यक्रम र सरकार सञ्चालनको कार्यविधि

कार्यदलले बुझायो न्युनतम साझा कार्यक्रम र सरकार सञ्चालनको कार्यविधि

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं । सरकारका न्युनतम् साझा कार्यक्रम बनाउन गठीत कार्यदलले साझा कार्यक्रम र सरकार संचालनको कार्यविधिसहितको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बुझाइएको प्रतिवेदनमा सरकार सञ्चालनका लागि संघ, प्रदेश र जिल्लामा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गर्न प्रस्ताव गरिएको छ । त्यस्तो समन्वय समिति प्रदेश र जिल्ला तहमा पनि गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।

संघ प्रदेश र जिल्लास्तरमा गठन हुने समन्वय समितिले सरकार सञ्चालनमा सहयोग पुर्याउने जिकीर प्रतिवेदनमा गरिएको छ । यस्तै कार्यदलले सरकारका मन्त्रीहरुका लागि पनि १४ बूँदे आचारसंहिता तयार पारेको छ ।

गठबन्धन दलका शीर्ष नेताहरु समक्ष आज पेश गरिएको आचारसंहितमा मुलुक र जनताको हित विपरीतका कुनै पनि क्रियाकलापबाट अलग रहनुपर्ने र तथा पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न नपाइने उल्लेख छ ।

यसैगरी मन्त्रिपरिषदमा मतभेद भएका विषयहरु सार्वजनिक गर्न नपाइने तथा राष्ट्रिय महत्वका विषयसँग सम्बन्धित विवादहरु भएमा उच्चस्तरीय राजनीतिक समन्वय समितिमा राख्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।

यस्तै पदीय जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थबाट प्रभावित भई कुनै प्रकारको अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गरी आर्जन गर्ने नपाइने पनि उल्लेख छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठीत कार्यदलमा कांग्रेसबाट नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ कार्यदलमा रहेका छन् ।

यो कार्यक्रम र कार्यविधि शीर्ष नेताहरुले छलफल गरेर अन्तिम सहमति गरेपछि मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ ।
साउन २९ मा देउवाले शपथ खाए पनि अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ