अब माधव नेपालले लामो समय दोधारमा बस्न सक्ने अवस्था कम हुँदैः पार्टी एकता कि नयाँ पार्टी निर्माण ?

अब माधव नेपालले लामो समय दोधारमा बस्न सक्ने अवस्था कम हुँदैः पार्टी एकता कि नयाँ पार्टी निर्माण ?

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

०७७ साल फागुण २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युताउने अप्रत्याशित फैसला गर्यो । त्यो फैसला पछि प्रचण्ड र माधव नेपाल तात्कालीन नेकपा भित्रैबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली विरुद्ध संघर्ष गरिरहेका थिए ।
त्यो फैसला पछि पेरिसडाडाँबाट माधव नेपालले प्रचण्डहरुसँग विदा लिएर फर्किए । उनी अब एमालेमै रहेर संघर्ष गर्ने भन्दै थिए ।
तर स्थिति यस्तो बन्यो कि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले धमाधम जेठ २ , ०७५ भन्दा पछाडीकै पार्टी संरचना काम गर्ने र त्यसै अनुसार निर्णय गर्दै अघि बढे । त्यसो भएपछि माधव नेपाल वालुवाटार वा अन्य स्थानमा भएको बैठकमा सहभागी भएनन् ।
उनले पार्टीलाई जेठ २ , ०७५ अघिको स्थितिमा पुर्याउनु पर्ने माग गरिरहे । यही बीचमा माधव नेपाल प्रधानमन्त्री ओलीले पुनः संसद विघटन गरेपछि फेरी विपक्षी गठबन्धनमा सामेल भए ।
प्रधानमन्त्रीमा देउवाको पक्षमा हस्ताक्षर सहित राष्ट्रपति कार्यलय हुँदै सवोच्च अदालत सम्म माधव नेपाल पक्ष पुगेपछि आक्रोशित अध्यक्ष ओलीले नेताहरुलाई धमाधम कार्बाही गर्न थाले ।
त्यसले एकता प्रकया थप जटिल बन्यो । पछि सर्वोच्च अदालतले परमादेश जारी गर्दै ओलीलाई पदमुक्त गरी देउवालाई प्रधानमन्त्री बनाउन भनेपछि माधव नेपालले यो फैसलाको स्वागत गर्यो भने ओली पक्षले बिरोध ।
यही बीचमा ओलीले बालकोट पुगेर माधव नेपाललाई गद्धार र अपराधीको घोषणा गर्दै एमालेमा कुनै स्थान नभएको बताए । तर माधव नेपाल मौन नै रहे ।
सरकार निर्माण र संसद पुनस्थापनामा ठूलो भूमिका खेलेका नेता नेपाललाई सरकारमा ल्याउन देउवा र प्रचण्डहरुले निरन्तर प्रयास गरीरहे ।
यही बेला पार्टी एकताको लागि सकारात्मक रहेको भन्दै माधव नेपालले गठबन्धनको बैठकहरुमा जान छाडे । कार्यदलमा रहेका सदस्यहरुले निरन्तर प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन ।
अहिले यही कुराको छिनोफानो गर्ने अन्तिम तयारीतिर लागेका माधव नेपाललाई उनकै पक्षमा उभिरहेकाहरु कसैले एकताको लागि दबाब दिईरहेका छन् भने कसैले सरकारमा जान । यही बीचमा माधव नेपालले आफू पक्षीय केन्द्रीय समितिको बैठक राखिरहेका छन् । अब सबै वातावरण हेर्दा माधव नेपाल या त एकता गरेर जानै पर्ने अवस्थामा छन् या त नयाँ पार्टी निर्माण गरेर सरकारमा जानु पर्ने विकल्पमा छन् । त्यो बाहेक लामो समय दोधारमा रहन माधव नेपालका लागि अव विकल्प कम हुने देखिएको विष्लेषकहरु बताउछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ