एमाले माधव नेपाल समुहका अधिकाँश केन्द्रीय सदस्यहरु सरकारमा सहभागी हुनु पर्ने पक्षमा

एमाले माधव नेपाल समुहका अधिकाँश केन्द्रीय सदस्यहरु सरकारमा सहभागी हुनु पर्ने पक्षमा

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

एमाले माधव नेपाल समुहका आज बोल्ने अधिकाशं केन्द्रीय सदस्यहरुले संविधान र लोकतन्त्र बचाउन ठूलो लँडाई लडेको भन्दै सरकारमा सहभागी हुनु पर्ने सुझाव दिएका छन् ।
पार्टी एकताका लागि अध्यक्ष ओलीले आत्मालोचना गर्नु पर्ने र सम्मानजनक हुनु पर्ने त्यसो नभए सरकारमा जानु पर्ने सुझाव नेताहरुले दिएका छन् ।
वरिष्ठ नेता नेपालले शुरुमै संवोधन गर्दै ओलीले आत्मालोचना नगर्दा सम्म र सम्मानजनक अवस्थामा मात्रै पार्टी एकता गर्ने बताएका थिए ।
आजको बैठकमा ७३ केन्द्रीय सदस्यहरु सहभागी थिए । ओली समुह छाडेर आएका प्रेम आले पनि आजको बैठकमा उपस्थित थिए । तर लामो समयदेखि माधव नेपालको पक्षमा रहेका सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने उपस्थित थिएनन् ।
आजको बैठकमा रामकुमारी झाँक्री, निरुदेवी जैरु लगायतकाले सम्माजनक पार्टी एकता नहुने स्थिति आएमा सरकारमा जानु पर्ने सुझाव दिएका थिए ।

केन्द्रीय समितिको बैठक भोली पनि बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ