लुम्विनीमा सरकार फर्ने कसरत, २७ गते बिशेष अधिवेशन आव्हान्

लुम्विनीमा सरकार फर्ने कसरत, २७ गते बिशेष अधिवेशन आव्हान्

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन बोलाएका छन् ।
प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।
विपक्षी गठबन्धनले समावेदन गरेर प्रदेश सभाको बैठकका लागि आव्हान गरेका थिए ।
लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले सरकारविरूद्ध मंगलबार अविश्वास प्रस्ताव दर्ता गरीसकेका छन् । उनीहरुले माओवादीका कुल प्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।
यसअघि सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न विपक्षी गठबन्धनले समावेदन बुझाएका थिए।

अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरि ३४ जना सांसदले हस्ताक्षर गरेका छन्।
८७ सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा हाल ८० जना सांसद कायम छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ