आफ्नै जनतालाई डोरीले बाँधेर मरणासन्न हुने गरी पिट्ने जाजरकोटका वडाअध्यक्ष पक्राउ

आफ्नै जनतालाई डोरीले बाँधेर मरणासन्न हुने गरी पिट्ने जाजरकोटका वडाअध्यक्ष पक्राउ

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

जाजरकोट साउन २१ । आफ्नै वडावासी जनतालाई दाम्लोले बाँधेर कुट्ने जाजरकोटमा वडा अध्यक्ष पक्राउ परेका छन् । चौतर्फी विरोध र दबाबपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस घटनामा उल्टै पीडितलाई माफी मगाएर कागज गराईएको भन्दै थप विरोध भए पछि प्रहरी कार्बाहीमा उत्रिएको हो । जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले एक युवालाई डोरीले बाँधेर कुटपिट गरेका थिए । वडाअध्यक्ष नेपालीले मजकोटका १८ वर्षीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको पुष्टी भएको छ ।
मदिरा सेवन गरी होहल्ला गरेको भन्दै वडाअध्यक्ष आफैले डोरीले बाँधेर निर्घात कुटपिट गरेको स्थानीयको भनाई छ ।
पोषण भत्ता विवादको निहुँमा वडाध्यक्ष नेपालीले सर्पेलाई स्थानीय गब्बले तिरुवाको घरको दलानमा डोरीले बाँधेर निर्घात कुटपिट गरी तीन घण्टा कब्जा गरेका थिए ।
वडाध्यक्ष नेपालीले सर्पेलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वडाअध्यक्षमाथि कार्बाहीको चौतर्फी माग भईरहेको छ ।
सरकारी सेवा पाउन वडा कार्यालयमा पुगेका सेवाग्राहीलाई वडाअध्यक्ष जस्तो व्यक्तिले पदको दुरुपयोग गरी मानिसलाई बाँधेर कुटपिट गर्नु गलत भएको स्थानीयको भनाई छ । वडाअध्यक्ष नेपाली एमालेबाट निर्वाचित हुन् । पीडितलाई जाहेरी नदिन उनले दबाब दिएको बताईदै आएको छ । प्रहरीले पीडितलाई पनि सदरमुकाम बोलाएको छ । पीडितले जाहेरी दिएन भने पनि आवस्यक कानुनी कार्बाही गर्ने तयारीमा प्रहरी लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी