जनभावनालाई ख्याल गर्दै तत्काल एमसीसी पारित नगर्ने मुडमा प्रधानमन्त्री देउवा

जनभावनालाई ख्याल गर्दै तत्काल एमसीसी पारित नगर्ने मुडमा प्रधानमन्त्री देउवा

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

एमसीसी विरुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिएका छन् ।
सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने संकेत दिएको छ ।
यस अघि अघिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पास गर्न दबाब दिएकाले एमसीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ भन्ने आकलन गरिएको थियो ।
तर जनस्तरमा भएको विरोधलाई समेत ध्यानमा राखेर एमसीसी थाँती राखिने संकेत देखिएको छ ।
अमेरीकाले एमसीसी पारित छिटो गर्न दबाब दिँदै आएको छ ।
स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको बुझिएको छ ।
एमसीसी अमेरीकी सहायतामा आधारित परियोजना हो । जस मार्फत नेपाललाई ५६ अर्ब रुपैया प्राप्त हुने भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ