आज माधव नेपाल समुहको केन्द्रीय समितिको बैठक, बैठकमा सहभागी नहुन ओली समुहको अपील

आज माधव नेपाल समुहको केन्द्रीय समितिको बैठक, बैठकमा सहभागी नहुन ओली समुहको अपील

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

नेकपा एमालेभित्र लामो समयदेखि देखिएको विवाद समाधानका लागि प्रयास भईरहेपनि अझै सफल हुन सकेको छैन ।
पार्टी एकता गर्ने या नयाँ पार्टी खोल्ने र सरकारमा सहभागी हुने भन्ने विषयमा धारणा बुझ्न पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले आज आफ्नो समुहको केन्द्रीय समितिको बैठक बोलाएका छन् । बिहान ११ बजे क्वालीटी पार्टी प्यालेस बुद्धनगरमा बैठक बस्ने छ ।
यस अघि हिजो बोलाईएको बैठक केही केन्द्रीय सदस्य उपत्यका बाहिर रहेकाले आजका लागि सारिएको थियो ।
दोस्रो तहका खास गरी कार्यदलमा रहेका नेताहरुले एमाले एक ठाँउमा मिल्नु पर्ने दबाब दिईरहेका बेला नेताा नेपालले देउवालाई विस्वासको मत दिएका सांसद समेत रहेका सहित सबै केन्द्रीय सदस्यसँग परामर्श गर्न लागेका हुन् ।
नेपाल समुहका अधिकाशं केन्द्रीय सदस्य सम्मानजनक अवस्थामा मात्रै पार्टी एकता हुनु पर्ने, अध्यक्ष ओलीले राजीनामा दिनु पर्ने अन्यथा नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुनु पर्ने पक्षमा धारणा राख्दै आएका छन् ।
यसैबीच यो बैठकलाई अवैधानिक र पार्टी विधान विपरीतको गतिविधि भन्दै सरीक नहुन अपील गरेका छन् । एमालेका नामबाट पटक पटक यस्ता गतिविधि भएको भन्दै पार्टीको कुनै केन्द्रीय कमिटिको बैठक नभएको पार्टी कार्यलय सचिव शेर बहादुर तामागंले विज्ञप्ति नै जारी गरेर जानकारी गराएका छन् ।
ओली र नेपाललाई भेट गराउने भनिएपनि त्यो अझै सफल हुन नसकेका बेला केन्द्रीय समितिको बैठक बसेपछि ओली समुह थप चिढिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ