गठबन्धनको साझा कार्यक्रमः मन्त्री सादा जीवन र कडा परिश्रमि हुनु पर्ने, भ्रष्टाचारजन्य गतिविधि देखिए तत्काल बर्खास्त गरिने !

गठबन्धनको साझा कार्यक्रमः मन्त्री सादा जीवन र कडा परिश्रमि हुनु पर्ने, भ्रष्टाचारजन्य गतिविधि देखिए तत्काल बर्खास्त गरिने !

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सरकार गठन भएको तीन सातापछि सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम तयार पारेका छन् । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ ।
यो कार्यक्रमलाई आज प्रधानमन्त्री देउवा सहित शीर्ष नेतालाई हस्तान्तरण गरिनेछ ।
त्यसपछि शीर्ष नेताले थप छलफल गरेर अन्तिम रुप दिएपछि यसलाई सार्वजनिक गरिनेछ ।
साझा कार्यक्रममा ओली सरकारले भत्काएको संवैधानिक ट्रयाकलाई लिकमा ल्याउने, संघीयता कार्यन्वयनमा जोड दिने जस्ता विषय समेटेर सरकार सञ्चालन कार्यविधि सम्बन्धि दश बुदा, मन्त्रीहरुको आचार संहिता दश बुदा र न्युनतम साझा कार्यक्रम दश बुदामा समेटिएको एक कार्यदल सदस्यले बताए ।
स्रोतका अनुसार मन्त्रीहरुलाई कार्यदलले कडा आचार संहिता तयार पारेको छ ।
जस अनुसार मन्त्रीहरु सादा जीवन र परिश्रमी हुनु पर्नेछ, कुनै पनि भ्रष्टाचारजन्य गतिविधि देखिएमा तत्कालै पदमुक्त गरिनेछ भने नियुक्ति गर्दा नातावादलाई प्रश्रय दिन पाईने छैन ।
मन्त्रीहरुले कुनै पनि विदेशी नियोगका अधिकारीलाई भेट्नु परेमा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्नेछ ।
यसै गरी साझा कार्यक्रम अन्तर्गत आगामी चैत्र भित्र सबै नागरिकलाई खोप लगाईसक्ने, कोरोना नियन्त्रण, शान्ति सुरक्षा र समाज रुपान्तरणमा सरकार केन्द्रीत हुने जस्ता विषय उल्लेख छन् ।
यो न्युनतम साझा कार्यक्रम सार्वजनिक भएपछि संभवत यसै साता मन्त्रीपरिषद् विस्तार गने गठबन्धनले तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ