झलनाथ खनालको दिल्लीमा मृगौला प्रत्यारोपण , अझै केही दिन दिल्लीमै रहने

झलनाथ खनालको दिल्लीमा मृगौला प्रत्यारोपण , अझै केही दिन दिल्लीमै रहने

  • बुधबार, साउन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण भएको छ । उपचारको लागि दिल्ली स्थित एपोलो अस्पतालमा रहेका खनालको आज मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए । डा. अखिल मिश्राको नेतृत्वमा उपचार भईरहेका खनालको आज डा. सन्दीप गुलेरियाको टिमले मृगौला प्रत्यारोपण गरेको हो ।
स्वकिय सचिव भट्टराईका अनुसार खनाल अझै केही दिन अस्पतालमै रहने र आराम भएपछि स्वदेश फर्कनेछन् ।
स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ