केही समय अघि एमाले परित्याग गरेर माओवादीमा प्रवेश गरेको र पछिल्लो साता पुनः एमालेमै गएको सार्वजनिक भएकी सांसद विमला ओली पुनः माओवादीमा फर्किएकी छन् ।
उनी आज विहान लुम्विनी प्रदेश माओवादी संसदीय दलको कार्यलयमा उपस्थित भएकी थिईन् । उनलाई मुख्यमन्त्रीको कार्यलयमा बन्धक बनाईएको यस अघि माओवादीले आरोप लगाएको थियो ।
उनले आजै पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने एक माओवादी सांसदले जानकारी दिए ।
दुई दिन अघि मात्रै विपक्षी गठबन्धनले माओवादीका कुल प्रसाद केसीलाई मुख्य मन्त्री प्रस्ताव गर्दै अविस्वासको प्रस्ताव गरेका छन् ।
अव संसदको नियमित अधिवेशन आव्हान भएमा मुख्यमन्त्री शंकर पोखरेल पदमुक्त हुने संभावना बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline