महाकालीमा एसएसबीले तुईन काटेर नेपाली युवा वेपत्ता भएको घटनामा नेपालले भारतसँग लड्न सक्नु पर्छः गगन थापा

महाकालीमा एसएसबीले तुईन काटेर नेपाली युवा वेपत्ता भएको घटनामा नेपालले भारतसँग लड्न सक्नु पर्छः गगन थापा

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले दार्चुलामा भारतीय एसएसबीले नेपाली युवा सवार तुइन काटेर युवा वेपत्ता भएको घटनामा नेपालले भारतसँग दह्रोसँग लड्नु पर्ने बताएका छन् ।

संसदमा बोल्दै थापाले गत साउन १५ गते दार्चुलाको ब्यासस्थित मालघाटको महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका युवक जयसिंह धामीको पक्षमा नेपालले भारतसँग लड्न सक्छ कि सक्दैन भन्दै प्रश्न गरे ।
उनले दार्चुलाको मालघाट घटनालाई सन् २०१२ मा भारतको केरलमा भएको घटनासँग तुलना गरे।
आफ्ना दुई मछुवारलाई हत्या गरिदिएको विरोधमा इटलीसँग भारतले लगातार लडेको प्रसङ्ग उठाउँदै थापाले नेपाल सरकारले पनि अहिले जयसिंह धामीको केसमा त्यसैगरी लड्नुपर्ने बताए ।
सन् २०१२ मा केरलाको सामुद्रिक तटनजिक इटलीका सैनिकले दुईजना भारतीय मछुवारको हत्या गरिदिएपछि भारतीय सरकार चार वर्षसम्म लगातार लडेको थियो।
जयसिंह धामीको विषयमा सत्यतथ्य आइसकेपछि, उनको अवस्था पत्ता लागेपछि सरकारले जसरी भारत इटलीसँग लड्यो, त्यसैगरी नेपाल सरकार पनि भारतसँग डटेर लड्नुपर्नेमा उनले जोड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ