ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नु पर्छः झाँक्री

ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नु पर्छः झाँक्री

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

१९ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अघिल्लो ओली सरकारले गरेको जनविरोधी निर्णय खारेज गर्नु पर्ने बताएकी छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र पूरा गरेर नहुने उनले बताईन् ।

ओली सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने नेतृ झाँक्रीले बताइन् ।

‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्न माग गर्दै झापाबाट प्रतिनिधिमण्डल नै काठमाण्डौंमा आएको झाँक्रीले जानकारी दिईन् ।

नेतृ झाँक्रीले पूर्व प्रधानमन्त्री ओली तर्फ संकेत गर्दै सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको स्मरण गर्दै दार्चुलामा भएको घटना सम्झाईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ