ओलीसँग भेटवार्ताको चर्चा चलिरहेका बेला प्रचण्डले माधव नेपाललाई भेटे

ओलीसँग भेटवार्ताको चर्चा चलिरहेका बेला प्रचण्डले माधव नेपाललाई भेटे

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एमाले एकताको प्रयासमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता गराउन दोस्रो तहका नेताहरुले प्रयास गरीरहेका बेला आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
कोटेश्वरको एक घरमा दुई नेताबीच बिहान कुराकानी भएको हो । प्रचण्डले एमाले भित्र एकताको बारेमा जिज्ञासा राखेको र सरकारमा आउन आग्रह गरेको बताईएको छ ।
ओली सरकार बिरुद्ध सँगै आन्दोलन गरेकाले सरकारमा पनि सँगै रहन नेता नेपाललाई प्रचण्डले आग्रह गरीरहेका छन् ।
यसैबीच आजै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने संभावना छ । औपचारीक कार्यक्रममै माधव नेपाललाई गद्धार र अपराधीको सज्ञा दिदै एमालेमा ठाँउ नभएको बताए पनि नेताहरुको दबाबमा दबै नेताबीच भेट हुने संभावना बढेको हो ।
यद्यपि, भेटको समय र स्थान भने तय भईसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ