मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारीबारे छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवा सहित तीन दलका शीर्ष नेता बालुवाटारमा जुटेका छन् । देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भईरहेको हो ।
आजै गठबन्धनको कार्यदलको बैठक बालुवाटारमै बसेको थियो ।
कार्यदलले तयार पारेको ड्राफ्टका बिषयमा छलफल गर्दै मन्त्रालयको बाँडफाँट टुंगो लगाउन नेताहरु कसरत गरीरहेको बुझिएको छ ।
माधव नेपाल समुह र राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएकाले मन्त्रालय तीन दलले बाँडेर लिने तयारी छ । यद्यपि, अन्तिम सम्म माधव नेपाललाई फकाउने प्रयास प्रचण्डले गरीरहेका छन् । माधव नेपालले एमाले एकता नभएमा मात्रै सरकारमा जाने संकेत दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline