आकांक्षी धेरै भएकाले माओवादीलाई मन्त्री छान्न धौ धौ, आज स्थायी समितिमा छलफल हुँदै

आकांक्षी धेरै भएकाले माओवादीलाई मन्त्री छान्न धौ धौ, आज स्थायी समितिमा छलफल हुँदै

  • सोमवार, साउन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

माओवादी केन्द्रमा केही सांसद एमाले प्रवेश गरेपछि अब ४९ जना सांसद छन् । ती सबै जसोले मन्त्री खान पाउनु पर्छ भन्न थालेपछि अध्यक्ष प्रचण्डले आफू तनावमा परेको सार्वजनिक अभिव्यक्ति नै दिए ।
माओवादीले यस अघि नै जनार्दन शर्मा र पम्फा भुषाललाई अर्थ र उर्जामन्त्री बनाईसकेको छ ।
बाँकी ४७ जना सांसद मध्य पनि धेरै जसोले मन्त्री हुन पार्टी नेतृत्वलाई चाहना व्यक्त गरीरहेकाले पनि नेतृत्व दबाबमा छ । हुन पनि माओवादीमा केही नेताले पटक पटक मन्त्री भएर काम गरीसकेका छन् र तीनै नेताहरु पुनः जान खोजिरहेका छन् ।
अर्कोतिर पटक पटक सांसद भएका तर मन्त्री हुन नपाएकाहरुले पनि हाम्रो पालो कहिले आउने भन्दै नेतृत्वलाई दबाब दिईरहेकाले माओवादी केन्द्रलाई नाम छान्न धौ धौ परिरहेको छ ।
माओवादीले लगभग ७ वटा मन्त्रालय पाउनेछ । अब मन्त्री र केही राज्य मन्त्री बनाउदा पनि ५ देखि ७ जना सम्म मन्त्री छान्न बाँकी छ ।
तीनै नाम टुंगो लगाउन माओवादी केन्द्रले आज तीन बजे स्थायी समितिको बैठक बोलाएको छ । बैठकमा अब प्राथमिकता र क्षेत्र हेरेर निर्णय हुन सक्ने एक नेताले जानकारी दिए ।
देउवा सरकार गठन भएको तीन साता वित्दा पनि मन्त्रीमण्डल अझै विस्तार हुन सकेको छैन ।
यसको कारण माधव नेपाल समुह सरकारमा जाने नजाने निश्चित नहुनु, माओवादी र जसपाले आन्तरीक रुपमा मन्त्रीहरुको नाम चयन गर्न नसक्नु रहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ