महाकाली नदीमा एसएसबीले तुईन काटेर नेपाली युवा वेपत्ता भएको घटनाप्रति आफू गंभीर भएको प्रधानमन्त्री देउवाको भनाई

महाकाली नदीमा एसएसबीले तुईन काटेर नेपाली युवा वेपत्ता भएको घटनाप्रति आफू गंभीर भएको प्रधानमन्त्री देउवाको भनाई

  • आइतवार, साउन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शुक्रबार एसएसबीले तुईन काटेर नेपाली युवा वेपत्ता भएको घटनाप्रति आफू गंभीर भएको बताएका छन् । चार विद्यार्थी संगठनका प्रतिनिधिले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले घटनाको छानविन गरेर अघि बढ्ने बताएका छन् ।
सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दार्चुलाको व्यास गाउँपालिका–२ मा एसएसबीले तुइन काटेको घटनाको छानबिन गर्न पनि माग गरेका थिए । एसएसबीका एक जवानले शुक्रबार तुइन काटिदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता छन् । महाकालीमा बगेका धामीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
उक्त घटनाको अहिले चौतर्फी बिरोध भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ