भीषण बाढी आएर ठूलो जनधनको क्षति भएको मेलम्चीमा पुनः बाढीले वितण्डा मच्चाएको छ । गएराति आएको बाढीले एक दर्जन बढी घर बगाउनुका साथै पुल समेत बगाएको छ । किउल र मेलम्चीमा ती घरहरु बगेको प्रहरीले जनाएको छ ।
यो बाढीले ग्याल्थुमका ४० घर जोखिममा परेको स्थानीयले बताएका छन् ।
यस पटक साईरनको व्यवस्था गरिएकाले धेरै मानिस सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति भने भएन । बाढीले रेडियो मेलम्चीको भवन समेत बगाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline