माधव नेपाल पक्षको अखिल फोर्सद्धारा राजधानीमा शक्ति प्रदर्शन, मैदान छाडेर भाग्ने योद्धा नभएको नेपालको उद्घोष

माधव नेपाल पक्षको अखिल फोर्सद्धारा राजधानीमा शक्ति प्रदर्शन, मैदान छाडेर भाग्ने योद्धा नभएको नेपालको उद्घोष

  • शनिबार, साउन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

नेकपा एमाले माधव नेपाल समुहको अखिल फोर्सले राजधानीमा आज शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।
मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले संवोधन गरेका थिए ।
र्यालीपछि कार्की ब्यांक्वेटमा भएको सभालाई संवोधन गर्दै नेता नेपालले आफू मैदान छाडेर भाग्ने योद्धा नभएको उद्घोष गर्दै आफू विचारमा अडिग भएको पनि बताए ।
उनले ओलीले फेरी जालझेल गरेर प्रधानमन्त्री हुने सोच बनाएको भए त्यो त्याग्न पनि सुझाव दिए ।
गलत कुराको विरुद्ध शतिसाल झै उभिन नेपालले अखिलका कार्यकर्तालाई अपील गरे ।
उनले देउवालाई संसद र संविधान जोगाउन विस्वासको मत दिएको भन्दै राम्रो काम गर्न सुझाव दिए । साथै महाकालीमा एसएसबीले तुईन काटेर नेपाली युवा नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुखः व्यक्त गर्दै सत्य तथ्य छानविनका लागि नेपालले अपील पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ