नेकपा एमाले भित्रको विवाद मिल्ने दिशामा नगएपछि अध्यक्ष ओलीले आज स्थायी समितिको बैठक बोलाएका छन् । बैठक अपरान्ह तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
बैठक तीन बजे बस्ने पार्टी कार्यलय सचिव शेर बहादुर तामागंले जानकारी दिए ।
आजको बैठकले माधव नेपालसँग मिल्ने वा नमिल्ने वारपार गर्न भनी अध्यक्ष ओलीले दिएको निर्देशन अनुसार भएका प्रयास अझै सफल हुन नसके पछि त्यस विषयले पनि आजको बैठकमा प्रवेश पाउनेछ ।
अब माधव नेपाललाई नपर्खने बरु महाधिवेशनको तयारीका लागि पार्टी सदस्यता नवीकरण, विधान महाधिवेशन र केन्द्रीय विभागहरुलाई पूर्णता दिने विषयमा निर्णय लिने बताईएको छ ।
्आजको बैठकमा पनि माधव समुह भने नजाने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline