ओली-नेपाल भेटवार्ता हुन सकेनः अल्टिमेटम सकिँदै, दुबै पक्ष आ-आफ्नै सुरमा !

ओली-नेपाल भेटवार्ता हुन सकेनः अल्टिमेटम सकिँदै, दुबै पक्ष आ-आफ्नै सुरमा !

  • शुक्रबार, साउन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

नेकपा एमालेलाई एक ढिक्का राख्ने अनेकौँ कसरत अझै सफल हुन सकेको छैन । खास गरी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मिलाउने प्रयास सफल भएको छैन । ओली नेपालप्रति आक्रामक भईरहेका र नेपालले ओलीसँग पछिल्लो समय भेट्न समेत नचाहेका कारण एमाले एकता अझै संकटमा देखिएको छ ।
ओलीले शुक्रबार राति सम्म मिल्ने भए मिलौँ नत्र वार पार गरौँ भन्ने पार्टी मुख्यालय थापाथलीमा निर्देशन दिएका थिए । त्यस बमोजिम विष्णु पौडेल र सुवास नेम्वागंले माधव नेपालसँग भेट गरे । उनीहरुले नेपाललाई ओलीसँग भेट्न सुझाए । नेपालले पोजेटिभ भएको पनि भने तर अन्ततः भेट भएन ।
यही पृष्टभूमिमा ओलीले मिल्नका लागि दिएको समयसीमा आज राति सकिँदैछ । आजैका दिन दुबै समुहबाट फरक फरक खालको दृष्टिकोण सार्वजनिक भयो ।
ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले पत्रकार सम्मेलन नै गरेर एमाले विधि र विधान भन्दा बाहिर जान नसक्ने भन्दै दोस्रो अध्यक्षमा माधव नेपाललाई स्वीकार गर्न नसक्ने संकेत दिए ।
यसै गरी माधव नेपाल समुहमा लागेका सांसद मेटमणि चौधरीले आफ्नो समुह एक दुई दिनमै सरकारमा जाने र नयाँ पार्टी निर्माण हुने ठोकुवा गरे ।
यी दुबै संकेतहरुले एमालेमा एकताको संभावना कमजोर रहेको र तोकिएको समयमा पार्टी एक हुन कठिन रहेको देखिएको छ ।
यो स्थितिमा भोली शनिबार एमाले स्थायी समितिको बैठक बस्दै छ । अब माधव नेपाल नआए लामो लिंगरीगं गरेर बस्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने गरी अगाडी जाने तयारी ओली पक्षले बनाएको देखिएको छ ।
खास गरी ओलीले पटक पटक माधव नेपाललाई गद्धार घोषणा गर्दै एमालेमा स्थान नभएको बताएकाले पनि माधव नेपालले तत्कालै ओलीलाई भेट्ने ईच्छा नदेखाएको स्रोतको भनाई छ । पार्टी भित्र एकताको लागि दोस्रो तहका नेताको दबाबका कारण उनले समर्थन दिएका भए पनि खास एजेण्डामा नेपाल अझै सहमत नरहेको बुझिएको छ ।
यसो गर्दा तत्काल एमाले एकताको संभावना कम रहने तर समुहगत रुपमा नेताहरु अदल बदल हुन सक्ने संभावनालाई भने स्रोतले अस्वीकार गरेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ