जसपा भित्र ओली सरकारलाई साथ दिएपछि विवादले उग्र रुप लिएपछि अन्ततः जसपा उपेन्द्र यादवको पक्षमा पुगेपछि ठाकुर पक्ष सर्वोच्च अदालतको ढोकामा पुगेको छ ।
ठाकुरले आज अदालतमा निवेदन दिदै निर्वाचन आयोगको निर्णयले आफू समेतको राजनीतिक भविष्यमा अपुरणीय क्षति पुगेको भन्दै खारेज गर्न माग गरेका हुन् ।
निर्वाचन आयोगको मिति २०७८र४र११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकाले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८र४र११ गतेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरी पाउँ ।’ निवेदनमा भनिएको छ ।
https://www.mirmireonline.com/wp-content/uploads/2021/07/078-wo-0079-1-1.pdf