दार्चुलामा भारतीय सुरक्षाफौज एसएसबीले एक नेपालीले तुईन तर्दै गर्दा तुईनै काटिदिएपछि महाकाली नदीमा खसेर एक नेपाल िवेपत्ता भएका छन् ।
व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एकजना नेपाली नदीमा बेपत्ता भएका हुन् । सदरमुकाम खलंगा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्।
शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा उनी नदीमा तुइन तर्दै गर्दा एसएसबीले तुईन काटिदिएको स्थानीयवासीले बताएका छन् । धामी तुईनबाट नदीको बीचमा पुगेपछि एसएसबीले तुईन नै चुटाईदिएको प्रत्यक्षदर्शी स्थानीयले बताए ।
धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन्। नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीय दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता रहेको छ।
व्यासका नागरिकहरू खाद्यान्न, औषधि र आवतजावत यही तुइनमार्फत गर्दै आएका छन्।
वेलावेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले तुइन लगाउने गरेका छन्। अहिले घटनास्थलमा दुम्लिङ र सुनसेरा प्रहरी चौकीबाट प्रहरी र दुम्लिङबाट सशस्त्र गइरहेका छन्।
यो गंभीर मानवताविरुद्धको अपराध भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।