सत्तारुढ नेपाली कांग्रेसले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने भएको छ। आज बसेको पदाधिकारीको बैठकले भदौ १६र१९ मा हुने महाधिवेशनका लागि पाँच दिनभित्र सबै विवाद टुंग्याउने निर्णय गरेको छ ।
बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर पार्टीलाई निर्धारित समयमै महाधिवेशनतिर लैजाने निर्णय भएको जानकारी दिएका छन्।
करीब ९६ प्रतिशत विवाद समाधान भईसकेकाले अब थोरै समस्या पनि समाधान हुने नेताहरुको भनाई छ ।
क्रियाशील सदस्यता छानबिन समिति सदस्य प्रदीप पौडेलका अनुसार सप्तरी, बारा धनुषा ४, सर्लाही २, सिन्धुपाल्चोक र रसुवामा रहेको विवादबारे केन्द्रीय नेतृत्वले निर्णय गर्ने जानकारी दिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline