एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता हुने नहुने शनिबार सम्म वारपार गर्न निर्देशन दिएका छन् । पार्टी कार्यलय थापाथली पुगेर अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
महासचिव ईश्वर पोखरेललाई ओलीले यस्तो निेर्देशन दिएका हुन् । शुक्रबार राति सम्म माधव समुहसँग मिल्ने नमिल्ने स्थिति के हुने हो ? टुंगो लगाऔँ र शनिबार स्थायी समितिको बेठक बोलाऔँ र निर्णय गरेर जाऔँ ओलीले भने ।
ओलीले आफू यति लचिलो हुँदा पनि एकता हुन नसकेको भन्दै अब वारपार हुनु पर्ने बताएका थिए ।
त्यसपछि आजै कार्यदलमा रहेका विष्णु पौडेल र सुवास नेम्वाङले भीम रावल र सुरेन्द्र पाण्डे मार्फत माधव पक्षका नेताहरुसँग छलफल गर्न प्रस्ताव गरेको बुझिएको छ ।
कार्यदल स्तरमा पार्टी एकताको लागि सहमति भए पनि माधव नेपाल दश बुदे सहमतिका आधारमा मात्रै एक हुन सक्ने अवस्था नरहेको निष्कर्षमा छन् ।