दोधारमा माधव नेपालः कार्यदल सदस्यको एकतामा प्रेसर, विस्वासको मत दिने सांसदको सरकारमा जान दबाब !

दोधारमा माधव नेपालः कार्यदल सदस्यको एकतामा प्रेसर, विस्वासको मत दिने सांसदको सरकारमा जान दबाब !

  • बुधबार, साउन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

यति खेर राष्ट्रिय राजनीतिमा सबै भन्दा बढी दोधार, अप्ठ्यारो र के गर्ने ? के नगर्ने भन्ने चूनौतीको सामना गरीरहेका छन् एमाले वरिष्ठ नेता माधव कुमार नेपाल । शान्त स्वभावका नेता भनेर चिनिन्छन् उनलाई ।
उनी आफ्नै पाटीका प्रधानमन्त्रीको राजीनामा माग्नेदेखि बिपक्षी गठबन्धनमा सामेल भएर संसद र लोकतन्त्र जोगाउन भन्दै उभिए । तर अब संसद जोगिएपछि उनलाई पार्टी एकताको लागि दोस्रो तहका नेताको प्रेसर बढीरहेको छ । तर उनको आत्मा वा भावनाले उनी आफै विरुद्ध छुद्र गाली गर्ने, असह्य टिप्पणी गर्ने अध्यक्ष ओलीसँग जाने भित्री ईच्छा देखिदैन । उनले कार्यदल सदस्य र आफू पक्षीय सांसदहरुसँग गरेको छलफलमा दिएका अभिव्यक्तिले स्पष्ट पार्दछ ।
उनी पार्टी एकताको पक्षमा रहेको सन्देश दिन एकातिर खोजीरहेका छन् भने अर्कोतिर सत्तारुढ गठबन्धनमा पनि प्रतिनिधि पठाएर भए पनि प्रतिनिधित्व गराईरहेका छन् । यस्तो स्थिति थियो कि संसद जोगाउन उनले आफू एक्लैले भए पनि प्रधानमन्त्री शेर बहादुर देउवालाई विस्वासको मत दिने घोषणा गरे । त्यतिखेरै आफ्ना भरपर्दा सारथी भीम रावलले संसदबाट राजीनामा दिए, आफ्नै समुहका प्रभावशाली नेता तठस्त रहेर संसदनै छाडेर हिँडे । त्यो बेला उनले साथ पाए ओली समुहमा रहेका ८ सांसदबाट । त्यस कारण माधव नेपालको पक्षमा २२ सांसद पुग्यो ।
देउवाले विस्वासको मत पाएपछि अब संविधान र संसद जोगियो अब पार्टी जोगाउने भन्दै उनले गठबन्धनमा नरहने सन्देश शुरुमै दिए । तर एकाएक अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा ठाँउ छैन , गद्धार भन्दै धम्की दिईरहेपछि उनी पुनः गठबन्धनको बैठकमा गए ।
उनलाई भावनात्मक रुपले लामो दुखः गरेर हुर्काएको एमाले फुटाउन मन छैन, तर मिलेर बस्न ओलीको व्यवहारका कारण उनी सकिरहेका छैनन् । आफ्नै कार्यकर्ताले पुत्ला जलाएको, घर घेरेको कुराले निकै चित्त दुखाएका छन् नेपालले ।
यही घडीमा नेकपा हुँदै देखि पार्टी भित्रै गठबन्धन बनाएका अर्का साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखि देउवा सम्मले उनलाई सरकारमा आउन भनिरहेका छन् । उनी निर्णयमा पुग्न सकेका छैनन् । कार्यदल सदस्यहरुले १० बुदे सहमति पछि पार्टी एकतामा जानु पर्छ भनेर दबाब दिईरहेका छन् अनि विस्वासको मत दिने २२ सांसदले सरकारमा जान । यस्तो स्थितिमा माधव नेपाल अझै केही दिन अनिर्णित हुन सक्ने संभावना देखिएको विष्लेषकहरुको भनाई छ ।
तर सुझाव के आउन शुरु भएको छ भने जे गर्ने हो अब ढिला नगरी गर्नुपर्छ भन्ने प्रेसर भने नेता नेपालमाथि पर्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ