गौरीकाले ओलम्पिकमा सुधारिन राष्ट्यि कीर्तिमान

गौरीकाले ओलम्पिकमा सुधारिन राष्ट्यि कीर्तिमान

  • बुधबार, साउन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

साउन १३ टोकियो । नेपालको उदीयमान पौडीबाज गौरीका सिंहले टोकियो ओलम्पिकमा आफ्नो राष्ट्यि कीतिमानमा सुधार गरेकी छन् । महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् ।
लङ कोर्स ५० मिटरको स्वीमिङ पुलमा ओलम्पिक अघिमात्रै केही दिन अभ्यास गरेकी गौरीकाले विना कुनै कोच प्रतिस्पर्धा गरेकी हुन् । कोभिडका कारण अभ्यास गर्न नपाएकी गौरीकाले कीर्तिमान सुधार हुँदा पनि खुसी व्यक्त गरेकी छन् ।
उनले ५० मिटरको स्वीमिङ पुल मा दुई वर्षअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ दक्षिण कोरीयामा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् । हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जहाँ नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो भइन् । यसमा गौरिका तेस्रो भइन् ।

अघिल्लो ओलम्पिकमा उनी विश्वकै कान्छी खेलाडीको रुपमा चर्चित बनेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ