पाँच दलीय गठबन्धनः मन्त्रालयको बाँडफाँटको जिम्मा शीर्ष नेतालाई, साझा कार्यक्रम टुग्याउन कार्यदललाई निर्देशन

पाँच दलीय गठबन्धनः मन्त्रालयको बाँडफाँटको जिम्मा शीर्ष नेतालाई, साझा कार्यक्रम टुग्याउन कार्यदललाई निर्देशन

  • बुधबार, साउन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

प्रमुख पाँच दलीय गठबन्धनको आजको बैठकले मन्त्रालयको भागबण्डा र शक्ति सन्तुलन मिलाउने जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय गरेको छ । बालुवाटारमा बिहान बसेको बैठकले मन्त्रालय बाँडफाँटमा कुनै टुंगो नलगाई नेताहरुलाई जिम्मेवारी दिएको हो ।

उक्त बैठकमा नेपाली काङ्ग्रेस बाट प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रबक्ता नारायण काजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,उपाध्यक्ष दुर्गा पौडेल, गठबन्धनको बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी रहेका थिए ।
यसै गरी न्युनतम साझा कार्यक्रम चाडो टुङ्गो लगाउन कार्यदललाई निर्देशन दिएको कार्यदल संयोजक महामन्त्री पुर्ण बहादुर खड्काले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ