एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफू सम्मानजनक पार्टी एकताको पक्षमा रहेको तर दश बुदेको आधारमा मात्र पार्टी एकता हुन नसक्ने स्पष्ट पारेका छन् । आफू निकट जनवर्गीय संगठनका पदाधीकारीहरुसँगको छलफलमा नेता नेपालले दश बुदे अपुरो रहेको र आफूले व्यक्तिगत स्वार्थका लागि पार्टी अध्यक्ष नमागेको पनि बताएको एक जनवर्गीय संगठनका नेताले बताए ।
नेपालले पार्टीमा अर्को अध्यक्ष बनाउदा पनि झलनाथ खनाल, वामदेव गौतम जस्ता नेता रहेकाले उनीहरुलाई बनाउनु पर्ने बताएका थिए ।
जबसका पदाधीकारीहरुले भने १० बुदे अपुरो रहेको, दुई पटक भएको संसद विघटनको समिक्षा हुनु पर्ने लगायतका कुरामा जोड दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline